बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७४ जेठ ८ गते

१९ वर्षीया सुस्त मनस्थिति भएकी एक महिलालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय, कञ्चनरुपले कृष्णासवरन गाउँपालिका-२ का २६ वर्षीय जयनारायण पौडेललाई जेठ ७ गते गिरफ्तार गरी ८ गते उजुरी दर्ता गरेको छ ।

पीडित महिलालाई आरोपितले जेठ ७ गते बलात्कार गरेको आरोपमा मौखिक उजुरी आए लगत्तै आरोपितलाई तत्कालै गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी यादवराज उप्रेतीले जानकारी दिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जेठ ७ गते भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर डिल्ली चौहानले बताए ।


मनोहरकुमार पोखरेल