बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ वैशाख ३१ गते

१६ वर्षीया बालिकालाई वैशाख २९ गते दुहुँ गाउँपालिका – ४ का २९ वर्षीय गणेशसिंह लोथ्यालले बलात्कार गरेको आरोपमा वैशाख २९ गते प्रहरीले गिरफ्तार गरेको छ ।

आफन्तलाई भेटघाट गर्न गएको समयमा लोथ्यालले गाउँ नजिकैको विद्यालयमा लगेर बालिकालाई बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी पदमबहादुर विष्टले बताउनु भयो ।

पीडित बालिकाको वैशाख ३० गते जिल्ला अस्पताल दार्चुलामा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ ।

 


नरेन्द्रसिह कार्की