बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७७ वैशाख २८ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मिक्लाजुङ्ग गाँउपालिका–९ का २२ वर्षीय धिरेन मगरलाई वैशाख २८ गते गिरफ्तार गरेको छ ।

आरोपितले वैशाख १९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले वैशाख २१ गते इलाका प्रहरी कार्यालय मधुमल्लामा उजुरी दिएपछि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

आरोपितले वैशाख १९ गते राति बलात्कार गरेको र बालिकाले गुहार मागेपछि स्थानीयले आरोपितलाई नियन्त्रणमा लिएका थिए ।

आरोपितलाई स्थानीयले तत्कालै प्रहरीको जिम्मा लगाएकोमा आरोपितले वैशाख २० गते प्रहरीकामा जाने शर्त राखेपछि प्रहरीले आरोपितलाई छोड्दा उनी फरार भएका थिए ।

आरोपित विरूद्व पीडित पक्षले वैशाख २० गते इलाका प्रहरी कार्यालय मधुमल्लामा उजुरी दिएका थिए । तर प्रहरीले उजुरी दर्ता नगरेपछि अधिकारकर्मीले वैशाख २१ गते जिल्लामा प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीलाई घटनाबारे जानकारी गराएपछि प्रहरीले वैशाख २१ गते आरोपित विरूद्व उजुरी लिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २२ गते कोशी अस्पताल विराटनगरमा गरिएको छ ।


नेत्रप्रसाद अधिकारी