बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ चैत १४ गते

१८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले चैत १२ गते दुई जनालाई गिरफ्तार गरेको छ ।

आरोपित द्वय दाङ जिल्ला, दङ्गीशरण गाउँ पालिका -३ घर भई महालक्ष्मी नगरपालिका-८ लुभु बस्ने २८ वर्षीय प्रकाश चौधरी र १९ वर्षीय निरोज चौधरीलाई गिरफ्तार गरेको महानगरीय प्रहरी वृत्त सातदोबाटोका प्रमुख  डिएसपी मित्रबन्धु शर्माले बताउनु भयो ।

आरोपित चौधरीले ०७६ चैत ६ गते पीडितको डेरा कोठामा गएर डरत्रास देखाइ बलात्कार गरेको उजुरीमा उल्लेख भएको प्रहरीले जनाएको छ । घटनाबारे चैत १२ गत नै महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दर्ता गरिएको र सोही दिन ललितपुर जिल्ला अदालतबाट जरुरी पक्राउ पुर्जी जारी गरी बलात्कार मुद्दामा अनुसन्धान भइरहेको प्रमुख डिएसपी शर्माले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण चैत १२ गते पाटन अस्पताल ललितपुरमा गरिएको अस्पतालले जनाएको छ ।


दीपकप्रसाद घिमिरे