बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ चैत १४ गते

१६ वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा प्रहरीले दाङ जिल्ला लमही  नपा– २ घर भई शिवराज नपा– १ सुरही बस्ने २२ वर्षीय राजु परियारलाई  चैत  १२ गते  गिरफ्तार गरेको छ ।

पीडित चैत ८ गते बाख्रा चराउन गएको बेला आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले  चैत ८ गते  वडा प्रहरी कार्यालय चन्द्रौटामा उजुरी दिएको इन्स्पेक्टर दिपेश खरेलले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत ८ गते बहादुरगञ्ज अस्पतालमा गरिएको प्रहरीले जनायो ।

 


   पार्बती आचार्य