बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ चैत १३ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा भीमेश्वर नगरपालिका–९ का १७ वर्षीय बालकलाई प्रहरीले ०७६ चैत ११ गते गिरफ्तार गरेको छ ।

पीडितका परिवारले आरोपित बिरुद्ध चैत १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको जिल्ला प्रहरी कार्यालय, दोलखाका सुुचना अधिकारी इन्स्पेक्टर रेशम बोहराले बताउनु भयो  । पीडितलाई ०७६ कातिक १५ गते चरिकोट स्थित एक होटलमा लगी बलात्कार गरेको भन्दै पीडित परिवारले उजुरी दर्ता गराएका थिए । पीडितको स्वास्थ्य परीक्षण ०७६ चैत ११ गते प्राथमिक स्वास्थ्य केन्द्र, चरिकोटमा गरिएको इन्स्पेक्टर बोहराले बताउनु भयो ।


उद्धव पोखरेल