बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ चैत ११ गते

३३ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा अर्नमा गाउपालिका–१ का ४० वर्षीय रोहितकुमार मुखियालाई जिल्ला प्रहरी कार्यालय सिरहाले चैत ८ गते गिरफ्तार गरेको छ ।

पीडित परिवारका अनुसार आरोपितले माघ १४ गते महिलालाई बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सिरहामा चैत ३ गते उजुरी दिएको बताउनु भयो ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी बिनोद घिमिरेका अनुसार आरोपितलाई गिरफ्तार गरी कारवाही प्रकृया अगाडी बढाएको बताउनु भयो ।

महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा चैत ३ गते भएको थियो ।


दुर्गा परियार