बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ चैत ११ गते

तामाकोशी गाउँपालिका–२ कि ८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सोही स्थानका ६३ वर्षीय बलबहादुर तामाङलाई ०७६ चैत ७ गते प्रहरीले गिरफ्तार गरेको छ ।

घर नजिकै बाख्रा गोठमा खेल्न गएकी बालिकालाई बलात्कार गरेको र पीडित चिच्याएपछि आरोपित भाग्दै गर्दा तामाकोशी गाउँपालिका–२ को जङ्गलबाट चैत ७ गते प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्सपेक्टर रेशम बोहराले बताउनु भयो । पीडितको स्वास्थ्य परीक्षण ०७६ चैत ७ गते प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा गरिएको प्रहरीले जनाएको छ ।


उद्धव पोखरेल