बलात्कार घटनाका आरोपित गिरफ्तार

  मैनामोती चौधरी

१६ वर्षीया बालिकालाई चैत ८ गते बलात्कार गरेको आरोपमा बझाङ जिल्ला, छबिसपाथिभेरा गाउँपालिका — ४ का २७ वर्षीय नरेश थापालाई प्रहरीले चैत ९ गते गिरफ्तार गरेको छ ।

बालिकाकालाई चैत ८ गते बलात्कार गरेको भन्दै पीडित परिवारले चैत ९ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा  उजुरी दिएका थिए ।

पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई धनगढी उपमहानगरपालिका — ३ चटकपुरस्तिथ खप्तड होटेलबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, कैलालीका हवल्दार केवी रोकायाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत ९ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको प्रहरीले जनायो ।

 


मैनामोती चौधरी