बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई चैत २ गते बलात्कार गरेको आरोपमा बेलडाँडी गाउँपालिका–१ का २३ वर्षीय महेश चन्द र बेलौरी नगरपालिका – २ का २१ वर्षीय सन्दिप भण्डारीलाई इलाका प्रहरी कार्यालय, बेलौरीले चैत ५ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई प्रलोभन देखाएर चैत २ गते राती आरोपित महेश चन्दको घरमा लगेर बलात्कार गरेको भन्दै पीडित बालिकाका अभिभावकले चैत ३ गते इलाका प्रहरी कार्यालय, बेलौरीमा उजुरी दिएपछि आरोपित द्वय चन्द र भण्डारीलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी रविन्द्र पौडेलले बताउनु भयो ।
पीडित बालिकाको चैत ४ गते महाकाली अस्पतालमा स्वास्थय परीक्षण गरिएको र आरोपित द्वयलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमाराखि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डिएसपी पौडेलले बताउनु भयो ।
कोमलनिरन्जन भाट
सम्बन्धित समाचारहरू
कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (माघ ८ गते)
माघ ८ गते ३ सय ३६ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या २ लाख ६८ हजार ६ सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गत…
सातौँ प्रदेशसभा बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित
बागमती प्रदेशको सातौँ प्रदेशसभा बैठक तीनघण्टा मात्र सञ्चालन भएर पुनः अर्को सूचना नभएसम्मका लागि स्थगित भएको छ । प्रदेशसभाको छैटौँ अधिवेशन ०७७ साउन ८ गते स्थगित भएकोमा ६ महिनापछि सुरु…
युपिआरको तेस्रो चक्रको ३७ औँ सत्रमा नेपालको मानव अधिकारको समीक्षा सम्पन्न
विश्वव्यापी आवधिक समीक्षा (युपिआर) को तेस्रो चक्रको ३७ औँ सत्र अन्तर्गत नेपालको सम्पुर्ण मानव अधिकारको समीक्षा माघ ८ गते स्वीजरलैण्डको जेनेभामा भर्चुअल माध्यमबाट सम्पन्न गरिएको छ । संयुक्त राष्ट्रसङ्घको मानव…
मानव अधिकारकर्मीहरूद्वारा हिरासत कक्षको अनुगमन
राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक र एडभोकेसी फोरमले संयुक्त रुपमा माघ ६ गते जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षको अनुगमन गरेका छन् । अनुगमन टोलीले थुनुवाहरूलाई भेटेर उनीहरूको अवस्था, स्वास्थ्य परीक्षण,…
प्रतिबन्धित नेकपाका मोरङ इञ्चार्ज गिरफ्तार
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीको मोरङ इञ्चार्ज ३२ वर्षीय धनबहादुर विकलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ । सङ्खुवासभा, मादी नगरपालिका–४ स्थायी घर भई बुढीगङ्गा गाउँपालिका–४ मोरङमा पार्टी…