बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ चैत ३ गते

१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कोहलपुर नपा –२ का २८ वर्षीय चित्रबहादुर थापालाई चैत २ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले चैत २ गते  खाजा खाने प्रलोभन देखाएर  बैजनाथ गाउँपालिका –४ स्थित होमस्टेमा लगेर बलात्कार गरेको भन्दै पीडितले चैत २ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा उजुरी दिएको प्रहरीले जनायो । उजुरीका आधारमा गिरफ्तार गरी थप अनुसन्धान भइरहेको  इलाका प्रहरी कार्यालय कोहलपुरका सई रणधीर जैसीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत २ गते भेरी अस्पताल, नेपालगञ्जमा गरिएको प्रहरीले जनायो ।


स्मृति देवकोटा