बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ चैत ३ गते

२० वर्षीया  युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले लुम्बिनी सांस्कृतिक नपा–८ भरवोलियाका २३ वर्षीय अङ्गत भनिने कृष्णकुमार शर्मालाई फागुन ३० गते  गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले फागुन २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले  फागुन ३० गते जिल्ला प्रहरी कार्यालयमा  उजुरी दिनु भएको थियो । उजुरीका आधारमा कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन ३० गते भीम अस्पताल, भैरहवामा गरिएको प्रहरीले जनायो ।

 


रीमा बि.सी