बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ चैत ३ गते

१८ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चन गाउँपालिका–१ दानापुरका २० वर्षीय  महेन्द्र थापालाई फागुन ३० गते  गिरफ्तार गरेको छ ।

पीडितलाई  आरोपितले फागुन २२ गते बलात्कार गरेको भन्दै  पीडित पक्षले फागुन ३० गते इलाका प्रहरी कार्यालय सालझण्डीमा उजुरी दिनु भएको थियो ।

उजुरीका आधारमा कारवाही अगाडि बढाइएको इलाका प्रहरी कार्यालय सालझण्डीका इन्स्पेक्टर कमल परियारले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन ३० गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा गरिएको प्रहरीले जनायो ।


रीमा बि.सी.