बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ चैत १ गते      

३५ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा ईलाका प्रहरी कार्यालय गोलबजारले धनगढीमाई नपा७ का ३५ वर्षीय वीरेन्द्र मण्डल, ३१ वर्षीय जितन मण्डल र धनगढीमाई नपा८ का ३३ वर्षीय रमेश महतोलाई फागुन २९ गते गिरफ्तार गरेको छ ।

पीडित परिवारका अनुसार आरोपितहरूले महिलालाई फागुन २७ गते बेलुका अपहरण गरी नजिकैको आँप बगैंचामा सामूहिक बलात्कार गरेको आरोपमा ईलाका प्रहरी कार्यालय गोलबजारमा फागुन २९ गते उजुरी दिएको बताउनु भएको छ ।

ईलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर जनक पुरीका अनुसार घटनाको जानकारी हुनासाथ ईलाका प्रहरी कार्यालय लहानको सहयोगमा आरोपितहरूलाई गिरफ्तार गरी कारवाहीको लागि फागुन ३० गते म्याद थप गराएको बताउनु भयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा फागुन २९ गते भएको थियो ।


दुर्गा परियार