बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ फागुन ३० गते

१३ वर्षीया बालिकालाई बलात्कार  गरेको आरोपमा प्रहरीले महाराजगञ्ज नपा –१० का २० वर्षीय  ओमप्रकाश यादवलाई फागुन २८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले फागुन २५ गते मोवाइल फोनको प्रलोभन देखाएर घरको बलात्कार गरेको भन्दै पीडित पक्षले  फागुन २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी सुनिल मल्लले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन  २६ गते जिल्ला अस्पताल, तौलिहवामा गरिएको प्रहरीले जनायो ।


पार्बती आचार्य