बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७४ वैशाख २८ गते

नौ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले माइ नगरपालिका-२ का १८ वर्षीय असारे भनिने सन्तोष योङहाङलाई वैशाख २८ गते गिरफ्तार गरेको छ ।

योङहाङले वैशाख १८ गते ती बालिकालाई बलात्कार गरेको भन्दै वैशाख २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो । योङहाङ विरुद्ध प्रहरीले २८ गतेनै जिल्ला अदालतमा जबरजस्तीकरणी सम्बन्धी मुद्धा दर्ता गरि अनुसन्धान शुरु गरेको डीएसपी महेन्द्र श्रेष्ठले जानकारी दिए । पीडित बालिकाको वैशाख २० गतेनै जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षण गरिएको छ ।


कोकिला ढकाल