बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ फागुन १९ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवदह नगरपालिका११ रेहराका ३८ वर्षीय अनिल पासीलाई फागुन १७ गते देवदहबाट गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले फागुन १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपित विरूद्ध  फागुन १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको डिएसपी खडकबहादुर खत्रीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण फागुन १७ गते  भीमअस्पताल भैरहवामा गरिएको प्रहरीले जनायो ।

 


रीमा बि.सी.