बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ फागुन १४ गते

३२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा नेपाल प्रहरीका पूर्वअसई राजेन्द्र राईलाई प्रहरीले गिरफ्तार गरेको छ ।
खोटाङ जिल्ला हलेसी पुवाचुङ नगरपालिका ३ घर भएका ४८ वर्षीय राईलाई प्रहरीले फागुन ११ गते महानगरीय प्रहरी परिसरबाट गिरफ्तार गरेको हो । साउन २५ गते बलात्कार गरेको भन्दै पीडितले साउन २८ गते आरोपित विरुद्ध उजुरी गरेको महानगरीय प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीले जानकारी दिनुभयो । सहकर्मीलाई बलात्कारको आरोप लागेपछि राईले फागुन १ गते राजीनामा दिइसकेका डीएसपी बोगटीले बताउनु भयो । राईलाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गराइ अनुसन्धान भइरहेको डीएसपी बोगटीले जानकारी दिनुभयो । पीडितको स्वास्थ्य परीक्षण फागुन २८ गते प्रसुति गृह थापाललिमा भयो ।


विमला पौडेल