बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ फागुन १३ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जनकपुरधाम उमनपा–६ बस्ने २६ वर्षीय अजय कुमार मुखियालाई फागुन १२ गते उनको घरबाट गिरफ्तार गरेको छ ।

फागुन ७ गते साँझ बालिका विवाह कार्यक्रम हेरी घर फर्कि रहेको समयमा आरोपित मुखियाले पीडित बालिकालाई बलात्कार गरेको पीडित परिवारको आरोप छ ।

पीडित बालिकाले ईलाका प्रहरी कार्यालय तारापट्टीमा फागुन ८ गते दिएको उजुरीको आधारमा आरोपित मुखियालाई गिरफ्तार गरि घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रामेश्वर कार्कीले जानकारी दिनु भएको छ ।

पीडित बालिकाको प्रादेशिक अस्पताल जनकपुरधाममा फागुन ८ गते स्वास्थ्य परीक्षण गरिएको डिएसपी कार्कीले बताउनु भएको छ ।


दिपेन्द्रप्रसाद सिंह