यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०७६ फागुन ६ गते

१५ वर्षीया एक बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले गलकोट नपा—५ का २९ वर्षीय थम्मन बहादुर पाण्डेलाई गिरफ्तार गरेको छ ।

पीडितलाई विवाह गर्ने प्रलोभनमा पारेर आरोपितले २०७६ मङ्सिर २३ गते देखि पुष २ गते सम्म निरन्तर यौन दुर्व्यवहार गरेको भन्दैं पीडित पक्षले पाण्डेविरुद्ध फागुन ५ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बागलुङका इन्स्पेक्टर हेम के.सी ले बताउनुभयो ।

पीडित पक्षको उजुरी पछि प्रहरीले आरोपितलाई फागुन ६ गते गिरफ्तार गरेको र पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन ६ गते धौलागिरि अञ्चल अस्पताल बागलुङमा गरिएको इन्स्पेक्टर के.सीले जानकारी दिनुभयो  ।

 


सिर्जना पन्त