बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ फागुन ५ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले तुलसीपुर उपमनपा–४ का २० वर्षीय समिर वलीलाई फागुन ४ गते गिरफ्तार गरेको छ ।

पीडितलाई विवाहको प्रलोभनमा  देखाएर  मङ्सिर ७ गतेदेखि एक महिनासम्म बलात्कार गरेको र विवाह नगरी पुस ११ गते कुटपिट गरी घरबाट निकाला गरेको भन्दै पीडित पक्षले पुस १३ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएका थिए । घटना पछि फरार रहेका आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इन्स्पेक्टर चक्रडम्बर पालले बताउनु भयो ।

पीडितको  स्वास्थ्य परीक्षण पुस १३ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको प्रहरीले जनायो ।


जयनारायण पुन