बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ माघ २८ गते

३५ वर्षीया महिलालाई  माघ २६ गते बलात्कार गरेको आरोपमा धनगढी उपमहानगरपालिका–३ का ३७ वर्षीय श्यामकुमार सेवालाई  माघ २७ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित महिलालाई बलात्कार गरेको भन्दै पीडत पक्षले माघ २७ गते  जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय,कैलालीका सई मोहनबहादुर सिंहले बताउनु भयो ।

पीडत महिलाको स्वास्थ्य परिक्षण माघ २७ गते सेती प्रादेशिक अस्पताल,धनगढीमा गरिएको सई सिंहले बताउनु भयो ।

 


मैनामोती चौधरी