बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७३ साउन ७ गते

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय लहानले धनगढीमाइ नपा-१२ का १८ वर्षीय शिवनारायण महतोलाई साउन ६ गते गिरफ्तार गरी साउन ७ गते मुद्दा दर्ता गरेको छ ।

पीडित बालिकालाई साउन ४ गते बलात्कार गरेको आरोपमा पीडितका अभिभावकले साउन ५ गते इलाका प्रहरी कार्यालय लहानमा उजुरी दिएका थिए ।

बालिकाको स्वास्थ्य परीक्षण सिरहा जिल्ला अस्पतालमा साउन ५ गते गरिएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी राजकुमार केसीले जानकारी दिए ।


दुर्गा परियार