बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ माघ २४ गते

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले छत्रदेव गाउँपालिका–७ का २८ वर्षीय जीवलाल बञ्जाडेलाई  माघ २२ गते गिरफ्तार गरेको छ ।

पीडितलाई ०७६ कात्तिक २६ गते आरोपितले बलात्कार गरेको भन्दै पीडितले मङ्सिर १२ गते  जिल्ला प्रहरी कार्यालयमा  उजुरी दिनु भएको थियो  । उजुरी पश्चात फरार रहेका आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रकाश खत्रीले बताउनु भयो ।

पीडितको  स्वास्थ्य परीक्षण मङ्सिर १३ गते जिल्ला अस्पताल, सन्धिखर्कमा गरिएको प्रहरीले जनायो ।

 


नारायण प्रसाद भुसाल