बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ माघ २२ गते

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले  २६ वर्षीय देवरलाई माघ २१ गते गिरफ्तार गरेको छ ।
आरोपितले  आफुलाई माघ १२ गते बलात्कार गरेको भन्दै  माघ १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।  घटना पछि फरार रहेका आरोपितलाई  गिरफ्तार गरी  अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काले बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण माघ १६ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको प्रहरीले जनायो ।


जयनारायण पुन