बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ माघ १९ गते

२४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमनपा–१३ का ३५ वर्षीय बिरजु चौधरीलाई माघ १८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई विवाहको प्रलोभन देखाएर माघ ११ गते  बलात्कार गरेको भन्दै पीडितले  माघ १२ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिनु भएको थियो । उजुरीका आधारमा आरोपितलाई घोराही उपमनपा–१६ बाट गिरफ्तार गरिएको  जिल्ला प्रहरी कार्यालयका डिएसपी सुमित खड्काले बताउनु भयो  ।

पीडितको  स्वास्थ्य परीक्षण माघ १२ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको प्रहरीले जनायो ।


जयनारायण पुन