बलात्कार घटनाका आरोपित गिरफ्तार

   ०७६माघ १५ गते

सात वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कन्काई नगरपालिका–१ का ३० वर्षीय बाबुलाई माघ १४ गते गिरफ्तार गरेको छ ।

आरोपित विरूद्ध पीडित पक्षले माघ १४ गते इलाका प्रहरी कार्यालय अनारमनीमा उजुरी दिएपछि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी कृष्ण कोइरालाले बताउनुभयो ।

पीडित बालिकाकी आमाले दोस्रो विवाह गरी छोडेर गएकाले बालिकाका हजुरआमासँग बस्दै आएकी थिइन् ।

आरोपितले मादक पदार्थ सेवन गरी बलात्कार गरेको बालिकाकी हजुरआमाले बताउनुभयो ।

बालिकाको स्वास्थ्य परीक्षण मेची अस्पतालमा माघ १४ गते गरिएको छ ।


नरेश खाती