बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७४ वैशाख ५ गते

आठ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाफीकोट गाउँपालिका-१ का ६२ वर्षीय भन्द्रबहादुर बिकल वैशाख ४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७३ चैत ३१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले ०७४ वैशाख १ गते प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका सई सुरेन्द्र स्वारले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख १ गते नै जिल्ला अस्पताल सल्लेमा गरिएको प्रहरीले जनाएको छ ।


आदर्श केसी