बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ माघ ८ गते

१७ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सल्यानको त्रिवेणी गाउँपालिका–१ का २५ वर्षीय जनकबहादुर पुनलाई जिल्ला प्रहरी कार्यालय म्याग्दीले म्याग्दीको अन्नपुर्ण गाउँपालिका–६ बाट गिरफ्तार गरेको छ ।

अन्नपुर्ण गाउँपालिका–६ मा डोजर चालकको काम गर्ने पुनले ७ महिना अगाडी बलात्कार गरेको भन्दै बालिकाका आफन्तले ०७६ माघ ७ गते दिएको मौखिक उजुरीका आधारमा सोहिदिन प्रहरीले आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका इन्स्पेक्टर डाक्टर चौधरीले बताउनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ ८ गते बेनी अस्पतालमा गरिएको जानकारी इन्स्पेक्टर चौधरीले दिनुभयो ।


अमृत बास्कुने