बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ माघ ५ गते

३८ वर्षीया महिलालाई वैशाख १९ गते बलात्कार गरी फरार रहेको आरोपमा धनगढी उपमहानगरपालिका—२ भन्सार रोडका ४० वर्षीय दिनेश गुप्तालाई प्रहरीले माघ ४ गते गिरफ्तार गरेको छ ।

आफूमाथि बलात्कार गरिएको भन्दै पीडित महिलाले वैशाख १९ गते आरोपित गुप्ताका विरुद्ध प्रहरीमा उजुरी दएको जिल्ला प्रहरी कार्यालय,कैलालीका डिएसपी दक्षकुमार बस्नेतले बताउनु भयो ।

आरोपित  भन्सार रोडमा  लुकेर बसेको  अवस्थामा प्रहरीले गिरफ्तार गरी प्रहरी हिरासतमाराखि थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले बताउनु भयो

पीडित महिलाको  स्वास्थ्य परीक्षण वैशाख १९ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको डिएसपी बस्नेतले बताउनु भयो ।

 


मैनामोती चौधरी