बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ माघ ५ गते

१३ वर्षीया बालिकालाई माघ ४ गते बेलुकी बलात्कार गरेको आरोपमा नौगाड गाउँपालिकाका १५ वर्षीय बालकलाई माघ ५ गते प्रहरीले गिरफ्तार गरेको छ ।

बालिकालाई बलात्कार गरेको भन्दै माघ ४ गते पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि आरोपित बालकलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय,दार्चुलाका इन्सपेक्टर सुदेन्द्रप्रसाद जोशीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ ४ गते  गोकुलेश्वर अस्पतालमा गरिएको इन्सपेक्टर जोशीले बताउनु भयो ।

 


नरेन्द्रसिह कार्की