बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ माघ ३ गते 

१७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले शान्तिनगर गाउँपालिका–४ घर भई तुलसीपुर उपमनपा –८ बस्दै आएका  १८ वर्षीय सञ्जीव भारतीलाई माघ २ गते गिरफ्तार गरेको छ ।

पीडितलाई माघ १ गते आरोपितले विवाह गर्ने प्रलोभन देखाएर तुलसीपुर उपमनपा– ९ स्थित आफन्तको घरमा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले माघ २ गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएको डिएसपी हरिहरनाथ योगीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण माघ २ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा गरिएको प्रहरीले जनायो ।

 

 


जयनारायण पुन