बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ पुस २२ गते

१५ वर्षीया एक बालिकालाई  बलात्कार गरेको आरोपमा चापाकोट नपा–७ का १९ वर्षीय मिलन गुरुङलाई जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले पुस १८ गते गिरफ्तार गरेको छ ।

आरोपितले पुस १८ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो।

जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका प्रवक्ता डिएसपी नवीनकृष्ण भण्डारीका अनुसार पीडितको स्वास्थ्य परीक्षण पुस १८ गते प्राथमिक स्वास्थ्य केन्द्र, घ्याङलिङ, वालिङमा गरिएको छ ।

डिएसपी भण्डारीले आरोपितलाई हिरासतमा राखी घटनाको अनुसन्धानका लागि  पुस २० गते जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरिएको जानकारी दिनुभयो ।


कमल सुनार