बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ पुस १३ गते

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा डाकनेश्वरी नगरपालिका–८ का ३० वर्षीय सुन्दर मुखियालाई प्रहरीले पुस ११ गते गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भई फरार रहेका आरोपितलाई तीन महिनापछि गिरफ्तार गरिएको डिएसपी तिलक भारतीले बताउनु भयो ।

पति माछा मार्न राति ढोका ढप्काएर निक्लिएका बेला कोठाभित्र प्रवेश गरेका आरोपितले असोज ३ गते राति बलात्कार गरेको पीडित पक्षको आरोप छ ।

पीडितले असोज ६ गते उजुरी दिएपछि सोही दिन राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा पीडितको स्वास्थ्य परीक्षण गरिएको छ ।

पीडितले दिएको बलात्कारको उजुरी भने जिल्ला प्रहरी कार्यालयले असोज २३ गते दर्ता गरेको थियो ।


मनोहरकुमार पोखरेल