बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ पुस १३ गते

१४ वर्षीया एक बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाँफिकोट गाउँपालिका–९ झुलाका ६९ वर्षीय जसे दमाईलाई पुस १२ गते घरबाटै गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले पुस ९ गते आरोपितको गोठ नजिकै घाँस काट्न गएको बेला र पुस ११ गते पुनः बलात्कार गरेको भन्दै पीडित पक्षले पुस १२ गते जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिममा उजुरी दिएका थिए ।
आरोपित दमाईले घटनाको बारेमा कसैलाई नभन्नु भनी एक हजार रुपियाँ दिएको र पछि भेट हुँदा समेत पटक–पटक दुव्र्यवहार गर्दै आएकोमा बालिकाले पीडा सहन नसकी परिवारमा जानकारी गराएपछि घटना बाहिर आएको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमका डिएसपी सुमित खड्काले जानकारी दिए ।
बालिकाको स्वास्थ्य परीक्षण पुस १२ गते जिल्ला अस्पताल, सल्लेमा भएको जिल्ला प्रहरी कार्यालय, रुकुम पश्चिमले जनाएको छ ।


मनिषा केसी