बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ पुस २ गते

११ वर्षीषा बालिकालाई बलात्कार गरेको आरोपमा नौबहिनी गाँउपालिका–६ का २१ वर्षीय यमलाला रिजाललाई ०७६ मङ्सिर ३० गते प्रहरीले गिरफ्तार गरेको हो ।

पीडित बालिकालाई आरोपितले गत मङ्सिर २७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा मङ्सिर ३० गते उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर लोकेन्द्र जिसीले बताउनु भयो ।

आरोपितलाई गिरफ्तार गरी घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको उहाँले बताउनु भयो ।

पीडित बालिकको स्वास्थ्य परीक्षण मङ्सिर ३० गते जिल्ला अस्पताल बिजुवारमा गरिएको प्रहरीले जनायो ।


रविन्द्र पाण्डे