बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ मङ्सिर २९ गते

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका–१४ का १७ वर्षीय बालकलाई मङ्सिर २७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन ३१ गते घरमा बोलाएर बलात्कार गरेको र पछिल्लो पटक मङ्सिर २५ गते पनि बलात्कार गरेको पीडितकी आमाले बताउनु भएको छ ।

पीडितकी आमाले मङ्सिर २६ गते महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिनु भएको थियो । पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई मङ्सिर २७ गते गिरप्mतार गरिएको महानगरीय प्रहरी वृत्तका डिएसपी गौतम मिश्रले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २७ गते नै पाटन अस्पताल ललितपुरमा गरिएको छ ।


दीपकप्रसाद घिमिरे