बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ मङ्सिर २८ गते

नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले राक्सिराङ गाउँपालिकाका २३ वर्षीय सविन दोङलाई मङ्सिर २७ गते गिरफ्तार गरेको छ ।

राक्सिराङ गाउँपालिका–३ आल्कोट घर भइ हाल मनहरी गाउँपालिका–७ मा बस्दै आएका आरोपित दोङ्लाई बालिका बलात्कारको आरोपमा गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय मनहरीका इन्स्पेक्टर श्रीशङ्कर श्रेष्ठले बताउनुभयोे ।

पीडित बालिकालाई आरोपितले मङ्सिर २६ गते बलात्कार गरेको भनी पीडित पक्षले मङ्सिर २७ गते प्रहरीमा उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर २७ गते मनहरीस्थित प्राथमिक स्वास्थ चौकीमा गरिएको छ ।


पुष्पराज अधिकारी