बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ मङ्सिर १७ गते

कक्षा ७ मा अध्ययनरत १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले उमाकुण्ड गाउँपालिका–३ का ४० वर्षीय सङ्गित सुनुवारलाई मङ्सिर १५ गते घरैबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर २ गते बलात्कार गरेको भनी पीडित पक्षले दिएको उजुरीका आधारमा सुनुवारलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी इन्स्पेक्टर रविभुषण यादवले जानकारी दिनु भयो ।

पीडित बालिकालाई आरोपितले बलात्कारको घटना कसैलाई पनि नभन्न धम्की दिएका कारण पीडित बालिकाले लामो समयसम्म घटनाबारे नबताएको इन्स्पेक्टर यादवले जानकारी दिनुभयो ।

आरोपितले त्यसपछि पनि पटकपटक यौन दुर्व्यवहार गरेपछि पीडित बालिकाले घटनाबारे आमालाई बताएको पीडित पक्षले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १५ गते स्वास्थ्य चौकी बाम्तिमा गरिएको छ ।


नवराज घिमिरे