बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ मङ्सिर ११ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काभ्रे जिल्ला बेथानचोक गाउँपालिका–६ घर भइ ललितपुर महानगरपालिका–२४, धापाखेल बस्ने २४ वर्षीय श्यामलाल तामाङलाई मङ्सिर १० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर ८ गते विभिन्न प्रलोभनमा पारी बलात्कार गरेको आरोपमा पीडित बालिकाकी आमाले प्रहरीमा उजुरी दिनुभएको थियो ।

पीडित बालिकाकी आमाले मङ्सिर ९ गते महानगरीय प्रहरी वृत्त सातदोबाटोमा उजुरी दिनु भएको प्रहरीले जनाएको छ ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई मङ्सिर १० गते गिरफ्तार गरिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डिएसपी गौतम मिश्रले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर १० गते पाटन अस्पताल ललितपुरमा गरिएको छ ।


दीपकप्रसाद घिमिरे