बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०७६ मङ्सिर ६ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले रौतामाई गाउँपालिका–८ का २४ वर्षीय भरत रानामगरलाई मङ्सिर ५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले विभिन्न प्रलोभनमा पारी मङ्सिर १ गते बलात्कार गरेको भन्दैै पीडित पक्षले ५ गते दिएको उजुरी अनुसार आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिकृष्ण केसीले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण मङ्सिर ५ गते जिल्ला अस्पताल बोक्सेमा गरिएको प्रहरीले जनायो । आरोपितलाई मङ्सिर ६ गते म्याद थप गरी अनुसन्धान सुरू गरिएको डिएसपी केसीले बताउनुभयो ।


भरत खड्का