बलात्कार घटनाका आरोपित आरोपमा गिरफ्तार

  ०७६ जेठ १८ गते

२३ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले झापा कमल गाउँपालिका–४ का ४० वर्षीय मानबहादुर बिश्वकर्मालाई जेठ १७ गते गिरफ्तार गरेको छ  ।

पीडित महिलालाई आरोपितले जेठ १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले सोही दिन प्रहरीमा उजुरी दिएको छ ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुन्डीराज न्यौपानेले जानकारी दिए ।

पीडित महिलाको स्वास्थ्य परीक्षण विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जेठ १७ गते गरिएको छ ।


जयकृष्ण यादव