बलात्कार घटनाका आरोपितहरू गिरफ्तार

  ०७७ असोज ५ गते

२८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धुलिखेल नगरपालिका–४ स्थित प्रभात पोल्ट्री फारममा काम गर्ने तीन जना पुरुषलाई असोज ३ गते गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयले असोज ५ गते पत्रकार सम्मेलन गरी जनाएको छ ।

बलात्कारको आरोपमा गिरफ्तार गरिएकाहरूमा महाभारत गाउँपालिका–१ घर भई २२ वर्षीय विशाल आले र हेटौँडा उपमहानगरपालिका–१२ का २८ वर्षीय अमृत खड्का र भारतको पश्चिम बंगालका २३ वर्षीय रघुनाथ मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर गाविन्द अधिकारीले जानकारी दिनु भयो ।

आरोपित खड्काले असोज २ गते र अन्य आरोपितले त्यस भन्दा अघि पटक/पटक आफ्नै कोठमा आई डर, त्रास धम्की दिई बलात्कार गरेको भन्दै पीडितले असोज ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिनु भएको थियो ।

आरोपितहरूलाई छुट्टाछुट्टै करणी सम्बन्धी कसूर दफा २१९ जबरजस्ती करणी गर्न नहुने शिर्षकमा २०७७ असोज ४ मुद्दा दर्ता गरी अनुसन्धान थालिएको इन्स्पेक्टर अधिकारीले बताउनु भयो ।

पीडित महिलाको धुलिखेल अस्पतालमा असोज ३ गते स्वास्थ्य परीक्षण गरिएको  इन्स्पेक्टर अधिकारीले जानकारी दिनुभयो ।


हिरामान तामाङ