बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

  ०७५ भदौ १९ गते

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा अर्नमा गाउँपालिका–३ का २४ वर्षीय जितेन्द्र दासविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालय सिरहामा भदौ १८ गते उजुरी दिएको छ ।

पीडित महिलालाई आरोपितले भदौ ६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आवश्यक कारबाहीको माग गर्दै उजुरी दिएको जनायो । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा भदौ १८ गते गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी माधवराज खरेलका अनुसार घटनाको जानकारी पहिले नै आएकोले आरोपितलाई भदौ १६ गते नै गिरफ्तार गरी आवश्यक कारबाही प्रकृया अगाडि बढाएइको छ ।


दुर्गा परियार