बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

  ०७५ भदौ १३ गते

२२ वर्षीया अपाङ्गता भएकी युवतीलाई बलात्कार भएको भन्दै पीडित पक्षले चितवन घर भई देवचुली नपा-१७ का २८ वर्षीय विष्णु बस्नेतविरूद्ध भदौ ११ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) मा उजुरी दिएका छन् ।

पीडित पक्षले दिएको उजुरीमा आरोपितले पीडितलाई भदौ ८ गते बलात्कार गरेको उल्लेख गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पीडित युवतीको स्वास्थ्य परीक्षण भदौ ११ गते जिल्ला अस्पताल, भरतपुर चितवनमा गरिएको छ । घटनामा संलग्न आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।


तिर्थराज डुम्रे