बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

  ०७५ भदौ ९ गते

४० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय महेशपुर पतारीमा भदौ ८ गते उजुरी दिएको छ ।

पीडित पक्षका अनुसार पीडित महिलालाई २४ वर्षीय देवरले भदौ ७ गते बलात्कार गरेका थिए । पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा भदौ ८ गते गरिएको छ । इलाका प्रहरी कार्यालय महेशपुर पतारीका इन्स्पेक्टर रवीभुषण यादवका अनुसार आरोपित फरार रहेकोले खोजतलास भइरहेको बताए ।


दुर्गा परियार