बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी

  ०७३ माघ २७ गते

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा माघ २६ गते १२ वर्षीय बालकविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ ।

पीडित बालिकालाई आरोपितले माघ १८ गते बलात्कार गरेको आरोपमा पीडित बालिकाका आफन्तले आरोपितविरूद्ध दिएको उजुरी दर्ता गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नकुल पोख्रेलले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण र उपचार माघ २६ गते जिल्ला अस्पतालमा गरिएको छ । पीडित पक्षको मौखिक सूचनाका आधारमा आरोपितलाई माघ २५ गते गिरफ्तार गरी अनुसन्धान थालिएको डिएसपी पोख्रेलले बताए ।


मङ्गल बेघा