बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी दर्ता

  ०७५ असार २४ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले मेलुङ गाउँपालिका–३ घ्याङका १९ वर्षीय कुमार भुजेलविरूद्ध असार २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको छ ।

पीडित बालिकालाई आरोपितले गत वैशाख २२ गते बलात्कार गरेको पीडित पक्षले दिएको उजुरीमा उल्लेख गरिएको छ ।

घटनाबारे शैलुङ प्रहरी चौकीमा ठाडो उजुरी दिएकामा घटनापछि घरैबाट बेपत्ता भएका आरोपितलाई असार २२ गते महानगरीय प्रहरी, कमलपोखरी काठमाडौँले गिरफ्तार गरी असार २३ गते चरिकोट ल्याएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २४ गते प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा गरिएको छ ।


उद्धव पोखरेल