बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

  ०७५ असार ११ गते

२१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा धनगढीमाई नपा-८ का २३ वर्षीय राजकुमार तामाङ र अर्का एक अपरिचित व्यक्तिविरूद्घ असार १० गते पीडित पक्षले प्रहरीमा उजुरी दिएको छ ।

पीडित महिलालाई आरोपितद्वयले असार ८ गते बलात्कार गरेकाले न्यायका लागि प्रहरीमा उजुरी दिएको पीडित पक्षले जनाएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असार १० गते लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा गरिएको छ । आरोपित अर्का फरार व्यक्तिको खोजी भइरहेको इलाका प्रहरी कार्यालय लहानका डिएसपी गणेश चन्दले बताए ।


दुर्गा परियार