बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

  ०७५ जेठ २१ गते

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा चापाकोट नगरपालिका-९ का ५५ वर्षीय रामभक्त आचार्यविरूद्ध पीडित पक्षले वडा प्रहरी कार्यालयमा जेठ २१ गते उजुरी दर्ता गराएको वडा प्रहरी कायालय वालिङले जनाएको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख ३० गते बलात्कार गरेको भनी पीडित पक्षले निवेदन दर्ता गराएको वडा प्रहरी कार्यालय वालिङका सई नवराज केसीले बताए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वालिङ प्राथमिक स्वास्थ्य केन्द्रमा जेठ २० गते गरिएको र आरोपित फरार रहेकाले खोजी कार्य जारी रहको प्रहरीले जनाएको छ ।


हिमलाल पराजुली